ताजा समाचार

आफ्नैविरुद्ध प्रहार हुने डरपछि मुख्यमन्त्रीको राजीनामाबाट पछि हटे यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय आफ्नैविरुद्ध प्रहार हुने डर देखेपछि जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव पछि हटेका छन् ।

प्रतिकुल नतिजा आउन सक्ने डरका कारण मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जसपाका अध्यक्ष यादव आफ्नै निर्देशनबाट पछि हटेका हुन् ।

जसपा प्रवक्ता मनिस सुमनले चुनाव नजिकिएकाले मधेस प्रदेशका मुख्यमन्त्री नफेरिने बताएका छन् ।

‘निर्वाचनको मिति नजिकिएकाले मुख्यमन्त्री फेर्ने विषय संभव भएन् । अर्को सरकारले पूर्णता पाउन समय लाग्छ । त्यसैले अहिले मुख्यमन्त्रीले राजीनामा दिने विषय यसैमा सकोएको जस्तो भयो’, सुमनले भने, ‘पार्टीले राजीनामा दिन सुझाएको हो । बाँकी कुरा उहाँको नैतिकता, पार्टी अनुशासनको कुरा पनि हो ।’

राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए। उनी पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भएका हुन् । तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। दुई पार्टीको एकता भएर जसपा गठन भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ ।

राउतलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

अध्यक्ष यादवले मधेसमा आफ्नो पकड कायम गर्न मुख्यमन्त्री फेरेर अरुलाई नै बनाउन चाहेपनि नतिजा प्रतिकुल हुने डरले पछि हटेको आरोप उनकै पार्टीका नेाहरुले लगाउन थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org