ताजा समाचार

एमाले पोलिटब्युरो बैठक सकियो, केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा तय

भदाै ९, काठमाडाें । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा पेश हुने ११ वटा एजेन्डा तय गरेको छ । बिहीबार बसेको बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको हो ।

चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीका राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ । एमाले प्रचार विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ ।

बैठकमा ओलीले राजनीति प्रतिवेदनका मूल स्परिटबारे जानकारी दिँदै नेताहरुका सुझाव मागेका थिए । ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मकरुपमा एमाले पछि परे पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए ।

शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।

पार्टी सदस्यता नम्बर दोहोरो तेहेरो परेकाको हकमा विशेष निर्णय हुने पनि गुरुङले जानकारी दिए । त्यस्तै कन्द्रीय सल्लाहकार परिषद्को रिपोर्ट, भारत प्रवास कमिटीको नियमावली पनि पेस हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org