ताजा समाचार

पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो

काठमाडाैं । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ । निर्माण पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ १० भदौदेखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो नपाएको निर्माण पक्षको गुनासो छ ।

बेपत्ता श्रीमानको कथामा बनेको चलचित्रको निर्देशक सुवर्ण थापा हुन् । सिनेमामा सृष्टिका अलवा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमामा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org