ताजा समाचार

सुदूरपश्चिम सरकारका राज्यमन्त्री कुलवीर चौधरी मन्त्रीबाट बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट बर्खास्त गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे जनाइएको छ ।

चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाइएको जनाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् । उनले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् । त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org