ताजा समाचार

निलम्बित प्रधानन्यायाधीश जबराको दोश्रो दिनको बयान सुरु

काठमाडौं । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।

बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।

बुधबार उनीमाथिका ४३ प्रश्नहरुमध्ये चार वटाको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिने छन् । समितिका जेष्ठ सदस्य राम बहादुर विस्टका अनुसार हिजो ४ प्रश्नको वरिपरि बयान लिइएको थियो । बाँकी आज सोधिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org