ताजा समाचार

चितवन ३ बाटै चुनाव लड्छुः प्रचण्ड

सुर्खेत । नकपा माओवादी केन्द्राक अध्यक्ष प्रचण्डले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै निर्वाचन लड्ने जनाएका छन् ।

कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका प्रचण्डले आफू चितवन ३ बाटै निर्वाचन लड्ने दाबी गरेका हुन् । आज शुक्रबार कर्णालीमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम हुँदै छ । बिहीबार हुने भनिएकाे प्रशिक्षण शुक्रबार हुन लागेकाे हाे ।

प्रशिक्षणमा सहभागी हुन आएका प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताएका छन् । उनले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे ।

एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे । यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org