तेह्रथुममा एक वर्षमा चार सय ५७ मेट्रिक टन अकबरे उत्पादन
तेह्रथुम । अकबरे खेतीलाई पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रूपमा लिन थालेका छन । अकबरेतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।
आर्थिक वर्ष २०७८-०७९ मा तेह्रथुम जिल्ला चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे उत्पादन भएको सूचना अधिकारी सुरज खनालले जानकारी दिए । परम्परागत खेतीबाट श्रम र मेहनत नै उठ्न छाडेपछि किसानहरू नगदबालीतर्फ आकर्षित बन्दै आएका छन् ।
थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पनि अकबरे खेती गर्दै आएको स्थानीय रमेश खड्काले बताए । जिल्लाको विशेष गरी छथर गाउँपालिका अकबरे खेतीको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छथर गाउँपालिकामा अकबरे पकेट क्षेत्रको रूपमा विकास गरी खेतीलाई विस्तार गरिएको छ । स्थानीय बजारमा नै बिक्री हुने र राम्रो मूल्य हुँदा व्यापारीहरूले घरैबाट लैजाने गरेकाले पनि कृषकहरु अकबरे खेतीतर्फ हौसिएका हुन् ।
यहाँका किसानले एक रोपनीदेखि पाँच रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्। अकबरे गाउँको मुख्य बजार केन्द्रहरूमा बिक्री हुने गरेको छ भने व्यापारीले पूर्वी तराईका विभिन्न जिल्लामा निर्यात गर्दै आएका छन् । पहिलो सिजनमा चार सय रुपैयाँसम्म मूल्य पाएको अकबरे अहिले भने बजारमा एक सय ५० रुपैयाँ प्रतिकिलो मात्रै बिक्री हुँदै आएको किसानहरू बताउँछन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...












