ताजा समाचार

झापामा १८ वर्षीया किशोरी बलात्कृत

झापा । झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org