ताजा समाचार

प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले प्रवेश, बागलुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचन लडने घोषणा गरेका छन् ।

प्रभु ग्रुपका अध्यक्ष भट्टचन नेपाली कांग्रेसबाट बिद्रोह गरेर नेकपा एमालेमा प्रवेश गर्दै बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका हुन् । कांग्रेसबाट समानूपातिकमा सिफारिस भएका भट्टचन प्रत्यक्षमा टिकट नपाएपछि एमाले प्रवेश गरेका हुन् ।

`आजबाट म एमालेमा प्रवेश गरेको छु । एमालेबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा उम्मेदवार बन्ने गरि म एमाले प्रवेश गरेको हुँ´ न्युज नेपालसँग कुरा गर्दै भट्टचनले भने ।

`कांग्रेसको अपमान सहन सकिएन । मैले एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगाएत नेताहरुसँको कुराकानीपछि पार्टी प्रवेश गर्ने निधो गरेको हुँ, उनले भने, `अब एमालेमा रहेर जनताको सेवा गर्छु ।

उनी यसअघि पनि २०४८ सालमा पनि बाग्लुङ २ मा स्वतन्त्र चुनाव लडेर उपबिजेता बनेका थिए ।

यता गठबन्धनले पनि बागलुङबाट शिक्षामन्त्री देवेन्द्र पौडेललाई प्रत्यक्षमा उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org