सङ्खुवासभामा गठबन्धका खड्का भन्दा एमालेका गौतमको पकड बलियो
सङ्खुवासभा । सत्ता गठबन्धनका दीपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतमबीच कडा प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार खड्का भन्दा एमालेका गाैतमले पकड बलियो बनाउदै लगेका छन् ।
संखुवासभाका अधिकांश मतदाताले गाैतमलाई नै मन पराउने भएका कारण उनी निर्वाचित हुनेमा एमाले संखुवासभाको नेतृत्व आश्वस्त बन्दै गएको छ । गाैतमलाई एमालेका नेता कार्यकर्ताकोमात्रै साथ नभएर विपक्षी दलका नेता कार्यकार्ताको रोजाईमा परेका कारण चुनाव जित्ने आधार बलियो बन्दै गएको हो ।
सङ्खुवासभाबाट यो पटक प्रतिनिधि सभाका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना राजनीतिक दलका र २ जना स्वतन्त्र छन् । यी मध्ये गौतम र खड्काको तेस्रो भिडन्त हो । पहिलो पटक हार बेहोरेका गौतमले अघिल्लो निर्वाचनमा जीत हासिल गरे । त्यसपछि जनताको मन जित्न सफल भएका गौतम फेरी पनि बलियो पकटका साथ निर्वाचन जित्ने तयारीमा जुटेको बताउँछन् ।
विगतको चुनावको नतिजा र स्थानीय तह चुनावमा पाएको मतलाई आधार मान्दा यो पटक पनि नेपाली काँग्रेसका खड्का र नेकपा एमालेका गौतमबिच नै प्रतिस्पर्धा देखिन्छ । २०७० को चुनावमा सङ्खुवासभाको तत्कालीन क्षेत्र नम्बर २ मा खड्काले गौतमलाई हराएका थिए । गौतमले त्यसको बदला २०७४ को चुनावमा लिए ।
०७० को निर्वाचनमा खड्का ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए । त्यति बेला एमालेका गौतमले १० हजार ९ सय ७३ तथा माओवादीका राजेन्द्र किरातीले ४ हजार २९३ मत पाएका थिए । एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ को चुनावमा भने नतिजा उल्टियो, माओवादीको समेत साथ लिएर वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम विजयी भए । उनले ३२ हजार ७६९ मत ल्याए । एक्लै लडेका काँग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याए । २०७४ मा गौतमलाई साथ दिएको माओवादी यस पटक काँग्रेसका खड्काको सहयोगी बनेको छ, उनलाई एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीको पनि साथ छ । तर गौतम एक्लै फिल्डमा उत्रिए पनि गठबन्धनकै नेताहरूको साथ र मतदाताको रोजाइका कारण उनले निर्वाचन जित्ने सङ्खुवासभावासीको भनाई छ ।
गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा सङ्खुवासभामा एमाले अघि छ । एमालेले वडाध्यक्षमा ३२ हजार ९११ मत पाएको थियो ।
तर गठबन्धनमा आबद्ध दलको मत जोड्ने हो भने काँग्रेस अघि देखिन्छ । काँग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२ र एकीकृत समाजवादीको १ हजार १०१ मत छ । यो सबै मत जोड्दा गठबन्धनको पक्षमा ३९ हजार ७२ मत हुन्छ ।
प्रदेशसभातर्फ सङ्खुवासभा १ मा एक स्वतन्त्रसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । तर गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङ बीचनै मुख्य प्रतिस्पर्धा देखिएको छ । यी दुवै नयाँ अनुहार हुन् ।
माओवादीका कार्कीलाई काँग्रेस, नेकपा एकीकृत समाजवादीको साथ छ । कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सङ्खुवासभा इन्चार्जको जिम्मेवारीमा छन् भने गुरुङ एमालेका प्रदेश कमिटी सदस्य हुन् ।
सङ्खुवासभाको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित १० जनाले मनोनयन दर्ता गरेका छन् । तर गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा छ । प्रदेश सभा २ मा प्रतिस्पर्धामा रहेका यी दुवै उम्मेदवार पनि नयाँ अनुहार हुन् ।
Comments
अरु समाचार
-
‘राष्ट्रपतिले दिएको समयभित्रै गठबन्धनको सरकार बन्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मकरूपमा अगाडि बढेको जनाएका छन्...
-
एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ...
-
उत्तर कोरियाले रुसी भाडाका सैनिकलाई क्षेप्यास्त्र दिएकै हो ?
किएभ । युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर समूहलाई उत्तर कोरियाले युद्ध क्षेत्रमा प्रयोग हुने क्षेप्यास्त्र र...
-
‘हरेक इन्च माटो रगतले भिजेको छ, आत्मसमर्पण गर्दिनँ’
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने चेतावनी दिएका छन् । उनले रुससँग सधैं लडिरहने र हारे...
-
सांसदहरुले आज शपथ लिँदै, हिन्दीदेखि संस्कृतमा लिन निवेदन
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सवै सदस्यहरुले आज (बिहीबार) पद तथा गोपनियताको शपथ लिँदैछन् । उनीहरुलाई १५ भाषामा शपथ लिने व्यवस्था...
-
देशका अधिकांश ठाउँमा अझ बढी चिसोको महसुस
काठमाडौं । नेपालको पुर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी...
-
रवि लामिछानेलाई शपथ लिने बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । सर्वोच्च अदालतको...
-
धोविखोला किनारका अतिक्रमित संरचनामा महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अबैध संरचना हटाउने क्रम जारी राखेको छ । विभिन्न ठाउँका अतिक्रमित संरचनाहरु भत्काउने क्रममा १० नम्बर...
-
बन्दकोठामा आलोपालोको निर्णय नगर्न गगनको खबरदारी
६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय...