दलहरुले जनता झुक्याउने मात्रै गरे त्यसैले मेरो उम्मेदवारी: महर्जन
काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत शक्ति नेपालका उम्मेदवार दिपक सिंह महर्जनले विगत तीन दशकदेखि राजनीतिक दलले नेपाली जनताहरुलाई पटकपटक झुक्याएको आरोप लगाएका छन् । उनले आफ्नो विचार व्यक्त गर्दै संविधान र गणतन्त्र आए पनि व्यवहारमा परिवर्तन हुन नसकेको र जनताले त्यसको अनुभुति गर्न नसकेको आरोप लगाएका हुन् ।
सत्तामा पुगेकाहरु जनताको खुशीको लागिभन्दा पनि आफ्नै परिवार र आसेपासेहरुका लागि मात्रै काम गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
आफ्नो उम्मेदवारीको कारण प्रस्ट्याउँदै महर्जन भन्छन् ‘पटक-पटक झुक्किन बाध्य भएका जनता अब झुक्किनु हुँदैन’ आसन्न निर्वाचन नेताहरुको गल्तीमाथि सजाय दिने उपयुक्त अवसर रहेको त्यसलाई सही सदुपयोग गर्न उनले मतदाताहरुलाई आग्रह गरे ।
काठमाडौँ क्षेत्र नं ५ का मतदाता सचेत र वस्तुस्थितिलाई राम्रोसँग बुझ्न सक्ने भएकाले चुनावी परिणाम सोचेभन्दा भन्दा बिलकुल फरक आउने उनले दावी गरे । शहरी क्षेत्रका नागरिकका पनि आफ्नै किशिमका समस्या हुने भन्दै उनले राष्ट्र र समाजलाई सम्पन्न बनाउन जनमुखी र आत्मनिर्भरको बाटोमा लैजाने गरी काम गर्ने बताए ।
एकीकृत शक्ति नेपालको एजेण्डामा प्रदेश संरचना खारेज गरी केन्द्र र स्थानीय तहको दुई वटामात्रै सरकार गठन गर्ने उल्लेख गरिएको छ । त्यस्तै हिन्दु, बौद्ध, किरात लगायतका धर्म संस्कृतिलाई नेपालको खास सम्पत्ति उल्लेख गरी सबैलाई समानरुपले संरक्षण र संवद्र्धन गर्ने एजेण्डामा राखिएको छ ।
Comments
अरु समाचार
-
नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास आजदेखि
काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण–१७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु हुने भएको छ ।...
-
ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन सकिँदैन: प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन नसकिने बताएका छन्...
-
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक,...
-
नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिमा संम्पन्न
काठमाडौं । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास...
-
‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति
काठमाडौं । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी...
-
उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा
काठमडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा दिएका छन् । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत...
-
पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प
काठमाडौं । पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै...
-
भूकम्पपीडितलाई बागमती प्रदेशले डेढ करोड सहयोग गर्ने
काठमाडौं । बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि रू एक करोड ५० लाख सहयोग...
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलट निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा...