ताजा समाचार

युक्रेनी भूमिलाई मान्यता दिन पुटिनकाे जिकिर

मस्को । आफूले गाभेका युक्रेनी भूमिलाई मान्यता दिए मात्रै वार्तामा बस्ने रुसले जिकिर गरेको छ । युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमी राष्ट्रले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको रुसको दाबी छ ।

आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने उसको भनाइ छ। रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई आफ्नो देशको भू–भागका रूपमा विस्तार गरेको थियो ।

यद्यपि रुसले युक्रेनमाथि आक्रमण गरेको नौ महिनामा कब्जा गरेका आधाभन्दा बढी भूमि गुमाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको संकेत गरेपछि रुसले थप प्रतिक्रिया दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org