ताजा समाचार

हत्या आरोपमा एक प्रहरीको नाममा किटानी जाहेरी !

बैतडी । बैतडीमा मृत्यु भएकी एक युवतीको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी दिइएको छ । पञ्चेश्वर गाउँपालिका–४ सौलोडा बस्ने २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लगाउँदै किटान जाहेरी परेको हो ।

सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा मृतकका आफन्तले किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बैतडीका एक प्रहरी अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

किटानी जाहेरी परेपछि प्रहरी जवाान कोलीको प्रहरीले खोजी गरिरहेको छ । माया बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६, शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org