ताजा समाचार

बास्कोटाको घरको शंंकास्पद बस्तु सेनाले डिस्पोज गर्यो

काठमाडौं । काभ्रेबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसद एवम् एमाले नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । प्रेसर कुकरमा रखिएको शंकास्पदा बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली बास्कोटाको घरमा पुगेको थियो ।

बास्कोटाको लोकन्थलीस्थित घरको पेटीमा आज बिहान प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org