ताजा समाचार

सत्ता गठबन्धनले नयाँ सरकार गठनको सम्बन्धमा छलफल गर्दै

काठमाडौं । चुनावको विषयमा समीक्षा गर्न सरकारमा आबद्ध गठबन्धनको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ । सत्ता गठबनधनको बैठकमा चुनावको परिणामबारे समीक्षा हुने छ । यस्तै, नयाँ सरकार गठनको सम्भावनाबारे पनि छलफल कांग्रेस स्रोतले जनाएको छ ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा ५७,माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित हासिल गरेका छन् । यस्तै, प्रदेशसभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org