ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन : १ सय ६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक

काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभातर्फको सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मतपरिणाम प्राप्त भएको हो । दोलखा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभातर्फको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै देशका १ सय ६५ निर्वाचन क्षेत्रकै परिणाम आएको हो ।

प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणामअनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले जित हासिल गरेका छन् । कार्कीले ३६ हजार ९९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले ५१८ मतान्तरले चुनाव जितेका हुन् ।

कार्कीको जितसँगै माओवादी केन्द्रले १८ ठाउँमा जित हासिल गरेको छ । त्यस्तै कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ सिट जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जिते हासिल गरेको छ । यस्तै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक सिट जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org