ताजा समाचार

विश्वभर ६० प्रतिशत महिला स्वयंसेवक !

काठमाडाैं । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज सोमबार विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यो दिवस नेपालमा पनि मनाउने गरिन्छ । विश्वले ५ डिसेम्बर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने गर्छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा यो दिनलाई लिइए पनि यसको पूर्ण नाम चाहिँ आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो ।

सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाले यसलाई अन्तर्राष्ट्रिय रुपमा मनाउने भन्दै पारित गरेको थियो । सोही वर्षदेखि ५ डिसेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउन थालिएको हो । विशेषगरि गैरसरकारी संस्थाहरु, निजी संस्थाहरुले यो दिन समाजको विकासका दुई विशिष्ट आयाम आर्थिक तथा सामाजिक रुपान्तरणको नारा लिएर दिवस मनाउने गरिन्छ ।

अहिले विश्वभर कम्तिमा पनि १ करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान गरिएको छ । कम्तिमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको पनि विभिन्न अध्ययनहरुले देखाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org