६ महिनापछि चिनियाँ अन्तरिक्ष टोली पृथ्वीमा फर्कियो
बेइजिङ । ६ महिने यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्ष टोली पृथ्वीमा फर्किएको छ । चिनियाँ तीन अन्तरिक्ष यात्रीको टोली आफ्नो ६ महिने चिनियाँ अन्तरिक्ष केन्द्रको मिसन पूरा गरेर पृथ्वी फर्किएको हो । नोभेम्बरमा सम्पन्न गरिएको टियनगङ अन्तरिक्ष केन्द्रको अन्तिम निर्माण चरण हेर्न उनीहरू जुन ५ तारिखमा अन्तरिक्षका लागि गएका थिए ।
अन्तरिक्षयात्रीको टोली आइतवार चीनको भित्रि मंगोलियास्थित स्वायत्त क्षेत्रमा शेन्जो(१४ अन्तरिक्ष यान मार्फत अवतरण गरेका थिए । चीनको अन्तरिक्ष निकायले उक्त मिसनलाई “पूर्ण सफल” भनेको छ । कमाण्डर चन डुङ, टोली सदस्य लिओ आङ र साइ सुझेले अवतरणपछि प्रसारक सीसीटीभीले प्रसारण गरेको अडियोमार्फत आफूहरूले आराम महसुस गरेको बताएका थिए।
अवतरण क्षेत्रमा रहेका कर्मचारीहरूले शेन्जो-१४ बाट बाहिर निकाले जुन स्थानीय समय अनुसार बेलुकाको ८ बजे अवतरण गरेको थियो । उक्त यान अन्तरिक्ष केन्द्रबाट निस्किएको ९ घण्टापछि अवतरण गरेको थियो । चीनकी पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष केन्द्रमा बिर्सनै नसकिने क्षण बनेको बताइन् । उनले सिन्ह्वा समाचार संस्थासँग मातृभूमि फर्किन आफू उत्साही रहेको पनि बताइन् ।
अन्तरिक्षमा रहँदा तीन अन्तरिक्षयात्रीले टियनगङको दोस्रो र तेस्रो नमुनाको आगमन हेरे र नयाँ सुविधाहरूबारे जाँच र परीक्षण गर्न तीन पटक अन्तरिक्ष यात्रा पनि गरेका थिए । पछि उनीहरूले आफ्नो यान अर्को टोलीलाई हस्तान्तरण गरेका थिए । चिनियाँ तीन अन्तरिक्षयात्रीको टोली आफ्नो पहिलो टोली हस्तान्तरणका लागि अन्तरिक्ष केन्द्रमा बुधवार पुगेका थिए ।
नयाँ टोली उत्तर-पश्चिम चीनस्थित गोबि मरुभूमिमा रहेको जिओचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट शेन्जो(१५ मा चढे । उनीहरू पनि अन्तरिक्ष केन्द्रमा ६ महिनाका लागि बस्नेछन् । सन् २०११ मा नासा नेतृत्वको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रपछि स्थायी रूपमा बस्न योग्य अन्तरिक्ष केन्द्र हुनेछ । चाइना म्यान्ड स्पेस एड्मिनिस्ट्रेसनका प्रवक्ताले नयाँ टोली अन्तरिक्ष केन्द्र वरपर उपकरणहरू जडान गर्ने काममा केन्द्रित हुने बताएका छन् । सोभियत संघ र अमेरिकापछि अन्तरिक्षमा अन्तरिक्ष यात्री पठाउने र अन्तरिक्ष केन्द्र बनाउने दुवै काम गर्ने चीन तेस्रो देश हो ।
टियनगङ अन्तरिक्ष केन्द्र अर्थात् ूहेभेन्ली प्यालेस ू चीनको नयाँ स्थायी अन्तरिक्ष केन्द्र हो । यसअघि चीनले टियनगङ-१ र टियनगङ -२ नामक दुई वटा अस्थायी अन्तरिक्ष केन्द्र प्रक्षेपण गरेको थियो । टियनगङ मिसन सुरु भएको दुई दशकमा चीनले प्रत्येक वर्ष दुई वटा मिसन प्रक्षेपण गर्ने ठानिएको छ ।
चीनले भावी मिसनहरूका लागि अन्तरिक्ष यात्री चयन गर्न आवेदन लिने प्रक्रिया खुला गरेको छ, जसमा यसअघि समावेश नगरिएका मकाओ र हङकङका विशेष प्रशासकीय क्षेत्रका आवेदकले पनि आवेदन दिन पाउनेछन् । साँस्कृतिक क्रान्तिका कारण थुप्रै बाधाहरू झेलेको चीनले सन् १९७० मा पहिलो पटक आफ्नो उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो । गत १० वर्षमा चीनले २ सयभन्दा बढी रकेटहरू प्रक्षेपण गरिसकेको छ।
चीनले चट्टानको नमुना संकलन गरेर फर्किन चाङ्ग अ फाइभ भनिने मानिस बिनाको अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेको छ । उसले चन्द्रमाको सतहमा चिनियाँ झन्डा पनि गाडेको छ जुन पहिला अमेरिकाले गाडेका झन्डाभन्दा जानाजान ठूला थिए । -बीबीसी
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












