ताजा समाचार

दार्चुुलास्थित सीमा पुल भारतद्वारा एक पक्षीय रुपमा बन्द

दार्चुला । दार्चुलाको नेपाल-भारत सीमा पुल भारतले आफू खुसी बन्द गरेको छ । सदरमुकाम खलंगास्थित सीमा पुल सोमबार बिहानदेखि बन्द गरेको हो । नेपाली पक्षलाई कुनै पनि जानकारी नदिइ बन्द गरेकाले दुई देशको सम्बन्धमा थप दरार उत्पन्न हुने संकेत भएको छ ।

भारतीय पक्षबाट पुल बन्द गरेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतले एक पक्षीयरुपमा के कारणले पुल बन्द गरेको हो भन्ने विषय नेपाललाई थाहै नहुनु आश्चर्यको विषय भएको सीमाविद्हरु बताउँछन् ।  सीमा पुल बन्द गरेपछि दुवै देशका नागरिकलाई आवतजावतमा कठिनाई भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org