विश्वकपमा आज : मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्यान्डको भिडन्त
काठमाडौं । विश्वकप फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछन् । विश्वकपमा आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुने भएका हुन् । दुवै खेलको विजेताले क्वाटरपाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
मोरक्को र स्पेनबीच एउटा खेल हुँदा अर्को खेल पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । आज दुई खेल सकिएपछि अन्तिम १६ को खेलहरु सकिने भएका छन् । यो योसँगै क्वाटरफाइनल चरण पूरा हुनेछ ।
मोरक्को र स्पेन बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । त्यस्तै,स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।
यता समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । अन्तिम १६ मा युरोपका दुई टिम भिड्न लागेको यो दोस्रो खेल हो । यसअघि युरोपका दुई टोली फ्रान्स र पोल्याण्डले प्रतिस्पर्धा गरेका थिए, जसमा विजयी हुँदै फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले अन्तिम आठ अर्थात क्वाटरफाइनलमा पुगिसकेका छन् ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












