ताजा समाचार

धाँधली गरेर विष्णु पौडेललाई जिताएको आरोपमा सर्वोच्चमा मुद्धा

काठमाडौं । निर्वाचनमा धाँधली गरेर एमाले उम्मेद्वारलाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । उनले एमाले उम्मेदवार विष्णु पौडेललाई धाँधली गरेर जिताइएको भन्दै मुद्धा हालेका हुन् ।

पौडेलले आफूलाई मतगणनास्थलमा समेत नदिएको आरोप लगाएका छन् । उनले निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप पनि लगाएका छन् । एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मतसहित रुपन्देही क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पौडेलका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरेका थिए ।

रिट निवेदनमा पौडेलले नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org