ताजा समाचार

हसियाँ प्रहार गरिँदा कैलालीका एक व्यक्तिको मृत्यु

धनगढी । हँसिया प्रहार गरिँदा कैलालीमा एक पुरुषको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते छन् । हँसिया प्रहार गरिँदा जोशीपुर गाउँपालिका ६, कुमारी बाग घर भएका ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नातामा भिनाजु पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानाले दुई जनालाई हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मीलाई जानकारी दिएको छ ।

हँसिया प्रहार गरिँदा ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भइरहेको छ । फरार ढुंगानाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org