ताजा समाचार

‘विश्वकप लिग टु’ मा नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज (बुधबार) नेपाल र नामिबियाबीच खेल हुँदैछ। खेल दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुने आयोजकले जनाएको छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी हुने यस शृंखलामा नेपालले तेस्रो खेल खेल्ने भएको हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेको थियो। खेल प्रभावित हुँदा दुवै समूहले बराबरी अंक बाँडेका थिए । दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डसँग पराजय भोग्नु परेको थियो ।

नेपाल आज पहिलो जितको प्रयासमा हुनेछ। नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो भने पूरा नहुने भएको छ। नेपालले शृंखलाको अन्तिम खेल भोलि बिहीबार स्कटल्याण्डसँग खेल्ने भएको छ। लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ ।नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ। लिगमा सात राष्ट्र सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org