ताजा समाचार

विश्वकप : शुक्रबारदेखि धमाधम क्वार्टरफाइनल खेल हुने

काठमाडौ‌ । ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार प्रतिस्पर्धा गर्ने भएका छन् । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।

त्यस्तै, दोस्रो क्वार्टरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे भिड्नेछन् । तेस्रोमा भने अर्जेन्टिना र नेदरल्यान्ड्सबीच शनिबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ ।

क्वार्टरफाइनलको अन्तिम खेल भने आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच हुने खेल तालिकामा उल्लेख छ । विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org