ताजा समाचार

‘टाइम पर्सन अफ दी इयर’ को उपाधि जेलेन्स्कीलाई

किएभ । विश्वप्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई दिएको छ।
सो उपाधि विश्वका घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिएको छ ।

पछिल्लो १२ वर्षदेखि यो उपाधि म्यागेजिन टाइमले दिन सुरु गरेको हो । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरुको नाम परेको थियो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । उनकाे बहादुरीकाे कदर गर्दै यो उपाधि दिइएकाे टाइम म्यागेजिनले जनाएकाे  छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org