ताजा समाचार

रवि लामिछानेलाई सपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट

मसिर २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । उनलाई सपथ नगराउन माग गर्दै बुधबार रिट दर्ता भएको हो । लामिछानेको नागरिकता विवाद रहेको भन्दै उनलाई सपथ नगर्न नगराउन माग गर्दै रिट परेको सर्वोच्चको जिम्मेवार निकायले जनाएको छ । युवराज लामिछानेले लामिछानेलाई सपथ नगराउन भन्दै रिट दर्ता गरेका हुन्।

लामिछानेको नागरिकता र पासपोर्टको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी राखेको छ । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप लामिछानेमाथि छ । यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको आरोप पनि उनीमाथि छ ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झूटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झूटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। झूटा विवरण दिइ नागरिकता लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org