ताजा समाचार

विश्वकप : फ्रान्स फाइनलमा प्रवेश,अर्जेन्टिनासँग आइतबार भिडन्त

दोहा । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।अफ्रिकन राष्ट्र मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कतारको अल बायट रंगशालामा कडा प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा फ्रान्सका लागि हर्नान्डेजको र रानदाल कोलो मुआनीले गोल गरे ।

खेल सुरु भएको पाँचौं मिनेटमा नै हर्नान्डेजले गोल गरेर फ्रान्सलाई सुखद क्षणको अनुभूतिमा दिलाएका थिए । मुआनीले दोस्रो हाफपछि ७९औं मिनेटमा गोल गरेका थिए। मुआनीको गोल विश्वकप इतिहासमा सब्सिट्युट खेलाडीले गरेको दोस्रो छिटो गोल मानिन्छ । विश्वकप उपाधिका लागि फ्रान्सले आईतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ । मोरक्कोले शनिबार तेस्रो स्थानका लागि क्रोएसियासँग खेल्ने तालिका छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org