ताजा समाचार

चिसो बढ्दै जाने, स्वास्थ्यमा ख्याल गर्न आग्रह

काठमाडौं । देशमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको पाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराई भू-भागको केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यस्तै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ ।

मौसम विभागका अनुसार दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति भने लुम्बिनी प्रदेशका साथै प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम विज्ञान विभागका अनुसार तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । यस्तै देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने विभागको बुलेटिनमा उल्लेख छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि विभागले सवैमा आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org