ताजा समाचार

चिसो अझै बढ्ने, केही पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । देशका पहाडी भू–भागमा हाल आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिक  बदली हुनेछ । बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा राति आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आगामी  २४  घण्टाको अवधिमा तराईका केही  भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org