ताजा समाचार

बिहारको न्यूनचापीय मौसमी प्रभाव नेपालमा, उच्च पहाडमा हिमपात

काठमाडौं । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको पाइएको छ।  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ  ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा दिउँसो आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक7दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ। त्यस्तै,आज राति प्रदेश १,बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै,आगामी २४ घण्टामा प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश ठाउँमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले सबैमा आग्रह समेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org