ताजा समाचार

बामपन्थीको नेतृत्वमा सरकार नबन्ने माधव नेपालको ठोकुवा

माध १८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामपन्थीको नेतृत्वमा सरकार नबन्ने जनाएका छन् । उनले बामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने विषय मात्रै भएको ठोकुवा गरेका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन सोमबार आयोजित कार्यक्रममा उनले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने टिप्पणी गरे ।

अध्यक्ष नेपालले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गरे । २०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उनले तर सबै कुरा आफूहरुको हातमा नभएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org