लामा जोपा रिन्पोछेको पुस्तकमा सुखी
काठमाडौं । जीवनको उपाय बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् । उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको छ । काठमाडौँको कपनस्थित आनी गुम्बामा पुस्तकको विमोचन गरिएको हो । पूस्तकमा बौद्ध धर्मले धुम्रपानलाई कसरी ब्याख्या गरेको छ भन्ने उल्लेख गरिएको छ । विमोचन कार्यक्रममा बोल्दै जोपा रिन्पोछेले पुस्तक अध्ययन पश्चात स्वस्थकर जीवनका लागि धुम्रपान त्याग्नु किन महत्वपूणर् छ भन्ने थाहा पाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले रिन्पोछेको पुस्तक स्वस्थकर जीवनयापनका लागि महत्वपूणर् रहेको बताए । आफु मन्त्री हुँदा धुम्रपानका कारण हुन सक्ने क्यान्सर लगायतका रोगहरुको निदानका लागि थुप्रै काम गरेको उल्लेख गर्दै बौद्ध धर्मगुरुहरुले पनि आफ्नो क्षेत्रबाट सुखी जीवन जिउने कला सिकाउन विशेष योगदान दिइरहेको थापाको भनाइ छ ।
पुस्तकलाई बुद्ध वचन अनुवाद समितिका संयोजक टीका शेर्पाले अनुवाद गरेका हुन् । जोपा रिन्पोछेको पुस्तकलाई एकदमै मेहनतका साथ सबैले बुझ्ने गरि नेपालीमा अनुवाद गरिएको शेर्पाले बताए । पुस्तकलाई नेपाल बौद्ध महायान केन्द्र, गोन्पा, कपनले प्रकाशन गरेको हो । कार्यक्रममा गायिका तथा भिक्षु आनी छोइङ डोल्मा र गायक राजु लामाले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।
Comments
अरु समाचार
-
चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा...
-
यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मात्रिका पौडेललाई दिइने
काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय...
-
अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडाैं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले...
-
अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्याउने...
-
पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको...
-
पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो
काठमाडाैं । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ ।...
-
जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ...
-
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले
काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार...
-
‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय...