ताजा समाचार

अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको भारतीय भूगर्भविभागले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org