ताजा समाचार

शक्तिशाली भूकम्पले अफगानिस्तान र पाकिस्तानमा ११ जनाको मृत्यु

काबुल । उत्तरपूर्वी अफगानिस्तानमा मंंगलबार शक्तिशाली भूकम्प गएपछि कम्तीमा ११ जनाको मृत्यु भएको छ । पाकिस्तानका धेरै प्रमुख सहरहरूमा र भारतको राजधानी नयाँ दिल्लीसम्मको भूकम्पको धक्का महसुस भएको थियो ।

६.५ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी अफगानिस्तान र पाकिस्तानका सहरका बासिन्दा आफ्नो घर छोडेर भागेका छन् । अधिकांश भवनहरूमा क्षति पुगेको छ भने ठाउँठाउँमा पहिरो पनि गएको छ ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको जुर्म सहरबाट ४० किलोमिटर (२४ माइल) दक्षिणपूर्वस्थित हिन्दुकुश पर्वतीय शृङ्खलाको १८७.६ किलोमिटर गहिराइमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी लाघमान प्रान्तमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । कम्तीमा आठ जना घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा घर र अन्य भवनहरू भत्किँदा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो प्रान्तमा कम्तीमा ४४ जना घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org