ताजा समाचार

देश समृद्ध हुन एमालेको बहुमत सरकार चाहिन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण नेपालमा विकासले गति लिन नसकेको तथ्य औंल्याउनु भएको छ । राष्ट्रिय युवा संघ दाङको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्न गृहजिल्ला पुग्नु भएका महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

‘चुनावको माध्यमबाट बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेकाले राजनीतिक अस्थिरता पैदा भयो । त्यसकै कारण देश बन्न सकेन,’ महासचिव पोखरेलले भन्नुभयो । एमालेको बहुमत सरकार नबन्दासम्म देश समृद्ध नहुने महासचिव पोखरेलले दाबी गर्नुभयो । ‘राजनीतिक अस्थिरताका कारण देशको प्रगति हुनसकेको छैन । एमालेको बहुमतको सरकार नबन्दासम्म देश समृद्ध हुँदैन,’ उहाँले भन्नुभयो ।

एमाले आगामी दिनमा सबैभन्दा बलियो राष्ट्रिय शक्ति स्थापित भएर देश समृद्ध बनाउने उद्घोष पनि उहाँले गर्नुभयो । एमाले बलियो शक्ति बन्ने प्रयास गरिरहेका बेला नेपालको भलो नचाहने देशीविदेशी शक्तिले भने एमालेविरुद्ध मोर्चाबन्दी गरेको महासचिव पोखरेलले ठोकुवा समेत गर्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org