ताजा समाचार

मौसम सामान्यतः सफा रहने, केही स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिक रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

पहाडी राती भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू=भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org