ताजा समाचार

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्ड कपको फाइनलमा प्रवेश

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कप फुटबलको उपाधि नजिक पुगेको छ । बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ फाइनलमा पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।

मनाङले अब उपाधिका लागि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । तिलोत्तमा गोल्ड कपको उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org