ताजा समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै, आईजीपी नियुक्तिको निर्णय गर्ने

काठमाडौं । आईजीपी नियुक्तिसम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको बुझिएको छ । सिंहको अवकाश सँगै ३०औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने जनाइएको छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई आज शुक्रवार सारिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org