ताजा समाचार

नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको पाइएको छ । नेपाली महिलाको टोली ३ स्थानमा सुधार भएको हो । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अंकका का साथ १ सयौँ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ३ औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा छ । शुक्रबार सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन् । यस्तै नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org