ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपचुनावमा गठबन्धन नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १० गते हुने उपचुनावमा गठबन्धन नगर्ने भएको छ ।  पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको शुक्रवार साँझ सकिएको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको छ । उपसभापति डोलप्रसाद अर्यालले  भन्नुभयो, ‘तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनविना उम्मेदवारी दिने निर्णय भएको छ ।’

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२ मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिनुभएको हो । बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org