ताजा समाचार

नेदरल्यान्डविरुद्धको खेलमा एम्बाप्पेको शानदार गोल

पेरिस । नेदरल्यान्डविरुद्धको खेलमा किलियान एम्बाप्पेले शानदार गोल गरेका छन् । फ्रान्सको कप्तानको रुपमा सुखद् उनले सुरुवात गरेका हसन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको छ ।

एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर नेदरल्याण्डका मेम्फिस डिपायले पेनाल्टीबाट सान्तवना गोल गर्ने अवसर गुमाएका थिए ।एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको रिपोर्टहरू सार्वजनिक भए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन । ग्रिजमानले एम्बाप्पेकै पासमा पहिलो गोल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org