ताजा समाचार

तिलोत्तमा गोल्डकप फुटबल : उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो

काठमाडौं । २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देविनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा शनिबार अपरान्ह भएको फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले पहिलो पटक उपाधि हात पारेको हो ।

उपाधिसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी, गोलरक्षक, मध्यपङ्क्तिका खेलाडी, रक्षापङ्क्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org