ताजा समाचार

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीनजना कारागार चलान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनजना कारागार चलान भएका छन् ।प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार चलान गरिएको हो ।

धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले पुष्टि गर्नु भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोक्नु भएको थियो । चैत ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा नाराबाजी गर्दा उनीहरु पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org