ताजा समाचार

कोशी नामाकरण विवाद : दिनभरि विराटनगर तनावग्रत

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुँदा आज (मंगलबार) विराटनगर तनावग्रत भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । चैत ५ गते आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन्। प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। पानीको फोहोरा पनि हानिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org