ताजा समाचार

पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या

काठमाडौं । पाकिस्तानकाे कराँचीमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको गोली हानेर हत्या भएको छ । क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा. गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सकलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् ।

आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org