ताजा समाचार

भीम रावललाई सहमतिमा ल्याउन एमालेले वार्ता टोली बनायो

काठमाडौं । एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली बनाएको छ । एमाले सचिवालयको शनिबार बसेको बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ ।

पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको ३ सदस्यीय टोली बनाइएको छ । एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । शनिबार बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org