ताजा समाचार

स्वर्णिम वाग्ले र रमेश खरेल जनाउ घण्टी मात्रै हुन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  स्वर्णिम वाग्ले र रमेश खरेल आफ्नो पाटीका लागि जनाउ घण्टी मात्रै भएको बताउनु भएको छ । उहाँले वाग्ले र खरेलजस्ता हजारौँ क्षमतावान् व्यक्तिहरू अहिले आफूहरूसँग संवादमा रहेको र उपचुनावपछि त्यो देखिने जनाउनु भयो । शनिबार अपरान्ह भएको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको बताउनु भयो ।

सभापति लामिछानेले व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको आरोप लगाउनु भयो । स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने लामिछानेको भनाइ छ ।

लामिछानेले भन्नुभयो ,रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ ।’ लामिछाने भने चितवन–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org