ताजा समाचार

देशका केही स्थानमा हल्का र क्षणिक वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकीमा आंशिक बदली रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा मौसम सामान्यत सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको पहाडी क्षेत्रमा राति आंशिक बदली रही बाँकीमा मौसम सामान्यतः सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको पनि विभागको बुलेटिनमा  छ ।

आगामी २४ घण्टामा देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ । क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org