ताजा समाचार

रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्लेको उम्मेद्वारी

तनहुँ । आगामी वैशाख १० गते तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा.स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका सभापति रवि लामिछाने पनि डा. वाग्लेको मनोनयन दर्ताका क्रममा उपस्थित थिए । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

केही दिनअघिमात्र कांग्रेस छाडेका डा. वाग्लेले तनहुँ १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org