ताजा समाचार

पहाडी क्षेत्रमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

- न्यूज नेपाल

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका कोशी प्रदेशसहितका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यत: मौसम सफा रहनेछ।

भोलि पनि देशका पहाडी भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org